आउनुहोस् यो अवश्यम्भावी विनाशलाई रोकौं –नेभासम

यस पृथ्वीमा रहेका करोडौं जीवजन्तुहरू मध्ये मानव जाति नै सबैभन्दा बुद्धिमान र चेतनशील प्राणी हो। मानिससँग सोच्ने, विश्लेषण गर्ने, र नयाँ कुरा सिर्जना गर्ने अद्भुत क्षमता छ, कुनै पनि समस्यालाई समाधान गर्ने क्षमता पनि छ।आज अन्धाधुन्ध विकासले प्रकृतिलाई संकटमा पारेको छ। यस समस्याको समाधान अबचै ढिलो नगरी खोज्नु पर्छ।

यदि हामीले कार्बन उत्सर्जन (Carbon emission) लाई कम गर्न र प्रकृतिको रक्षा गर्न तुरुन्तै ठोस कदम लिईनौं भने, त्यो दिन टाढा छैन जब हाम्रा सबै वैज्ञानिक प्रयासहरू असफल हुनेछन् र पृथ्वीबाट हामी सबै जीवहरूको अस्तित्व नै समाप्त हुनेछ।

निश्चित विनाश बाट जोगिन तुरुन्तै कतिपय कदम उठाउन अनिवार्य भइसकेको छ:

जनसङ्ख्या नियन्त्रण र उपभोगमा सन्तुलन:

यस पृथ्वीका समस्त जीवजन्तुहरूमध्ये मानव जाति नै सबैभन्दा बढी कार्बन फुटप्रिन्ट (Carbon Footprint) छोड्नका लागि जिम्मेवार छ। त्यसैले, वर्तमान समयमा बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्नु सबैभन्दा आवश्यक र जरुरी भइसकेको छ। जनसङ्ख्या र प्राकृतिक स्रोत-साधनको उपभोग सिधै एकअर्कासँग जोडिएका छन्; जनसङ्ख्या जति बढ्दै जान्छ, उर्जा, खाद्यान्न र आवासको माग र उपभोग पनि त्यति नै तीव्र रूपमा बढ्छ, अनि यसले कार्बन उत्सर्जनलाई अत्यधिक बढाउँछ। त्यसर्थ पृथ्वीको सीमित क्षमतालाई बचाउन जनसङ्ख्या वृद्धिमा नियन्त्रण ल्याउनु अपरिहार्य छ।

नवीकरणीय ऊर्जाको प्रयोग: कोइला र पेट्रोलियम पदार्थ जस्ता जीवाश्म इन्धनको खपतलाई घटाएर सौर्य, वायु र जलविद्युत जस्ता सफा ऊर्जाको प्रयोग बढाउनुपर्छ।

वन संरक्षण: वनविनाशलाई रोकी व्यापक वृक्षारोपण गर्ने, प्लास्टिकको प्रयोग पूर्ण रूपमा बन्द गर्ने र पुन: प्रयोग गर्न मिल्ने (Reusable) वस्तुहरूलाई प्राथमिकता दिनुपर्छ।

संसारका हरेक साना-ठूला संस्थाहरू, सरकारी निकायहरू र सामाजिक सङ्घ-संस्थाहरूले यो विषयलाई केवल कागजमा मात्र सीमित नराखी आफ्ना हरेक बैठक र छलफलको एजेन्डा बनाउनुपर्छ।

बहस र भाषणको समय सकिएको छ; अब सिधै प्रभावकारी कार्य (Action) मा उत्रिनुपर्ने बेला आएको छ। हाम्रो आजको सानो प्रयासले नै भोलि यो सुन्दर ग्रहलाई निश्चित विनाशबाट जोगाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *